रत्नराज्यलक्ष्मी क्याम्पसका प्राध्यापक खिलराज सापकोटालाई आयोगले सोध्याे स्पष्टीकरण

डिसी नेपाल
२ मंसिर २०७९ १०:४२

काठमाडौं । निर्वाचन आयोगले रत्नराज्यलक्ष्मी क्याम्पस काठमाडौंका खिलराज सापकोटालाई स्पष्टीकरण सोधेको छ । सापकोटाले आफ्नो फेसबुक पेजमार्फत राजनीतिक दलको चुनावी प्रचारप्रसार गरेको भनी उजुरी परी राष्ट्रिय सतर्कता केन्द्रमार्फत आयोगमा लेखी आएकोले आयनेगले चौबीस घण्टे स्पष्टीकरण सोधेको हो ।

निर्वाचन आचारसंहिता, २०७९ को दफा १०, विद्यालय, महाविद्यालय वा विश्वविद्यालय तथा सोमा सम्बद्ध कर्मचारी, प्राध्यापक तथा शिक्षकले पालना गर्नुपर्ने आचरण अन्तर्गत खण्ड (क)मा “कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचारप्रसार गर्न नहुने” र सोही दफाको खण्ड (ज) मा “सामाजिक सञ्जालमा कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना, प्रचारप्रसारका सामग्री पोष्ट वा शेयर गर्न वा सामाजिक सञ्जाल मार्फत मत माग्न नहुने” व्यवस्था छ ।

‘तपाईंले राजनीतिक दलका उम्मेदवारको प्रचारप्रसार गरेको होईन भन्ने आधार प्रमाण के छ ?’ र ‘तपाईँलाई विभागीय कारवाही किन हुनु नपर्ने हो ?’ आयोगले सोधेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *