दाउरा काट्नेक्रममा रुखको मुढोले उछिट्याउँदा एकजनाको मृत्यु

डिसी नेपाल
२ मंसिर २०७९ १९:४२

खोटाङ । खोटाङमा दाउरा काट्नेक्रममा रुखको मुढोले उछिट्याउँदा एकको मृत्यु भएको छ । दाउराका लागि ढालेको रुखको मुढोले उछिट्याउँदा बराहपोखरी गाउँपालिका–५ पौवासेराका ६१ वर्षीय रामकुमार राईको मृत्यु भएको हो ।

ढालेको रुख टुक्राउने क्रममा फेदतिरको मुढोले उछिट्याउँदा करिब सात मिटर तल खसेका राईको घटनास्थलमै मृत्यु भएको पौवासेराका वडाध्यक्ष फौदराज राईले बताए । शवको प्राथमिक स्वास्थ्य केन्द्र चिसापानीमा पोष्टमार्टम गरेर आफन्तलाई जिम्मा लगाइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *