गोरखा- २ मा १४६ मतदान केन्द्र, १ लाख ५ हजार २४० मतदाता

डिसी नेपाल
३ मंसिर २०७९ १८:०९

काठमाडौं । गोरखा क्षेत्र नम्बर १४६ मतदान केन्द्र रहेको निर्वाचन आयोगको तथ्यांकले देखाएको छ ।  ९३ वटा मतदान स्थल रहेको सो क्षेत्रमा कूल १ लाख ५ हजार २४० मतदाता छन् ।

जसमध्ये ५२ हजार ९९ पुरुष र  ५२ हजार ८४१ जना महिला मतदाता रहेका छन् । यस क्षेत्रमा प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि विभिन्न राजनीतिक दलबाट १० जना र २ जना स्वतन्त्र उम्मेदवार छन् ।

महिला र दलित समुदायका उम्मेदवारको संख्या शून्य रहेको आयोगको तथ्यांकमा उल्लेख छ । यस क्षेत्रमा ६६.६७ प्रतिशत खस आर्य समुदायका उम्मेदवार छन् भने ८.३३ प्रतिशत मुस्लिम र २५ प्रतिशत आदिवासी जनजाति उम्मेदवार छन् । प्रतिनिधिसभातर्फ हट सिट मानिएको गोरखा २ लाई चासोका साथ हेरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *