प्रमुख निर्वाचन आयुक्त थपलियाद्वारा मतदान
काठमाडाैं। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मध्यपुरथिमि नगरपालिका-१ लोकन्थलीस्थित युनिक एकेडेमीको मतदान केन्द्रबाट बिहान ७ बजे मतदान गरेका छन्।
प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको लागि बिहान ७ बजेदेखि मतदान प्रारम्भ भएको हो। भक्तपुरको दुईवटै निर्वाचन क्षेत्रमा मतदान सुरु भएको छ।
यसका लागि सबेरैदेखि मतदाता लामबद्ध भएका थिए । जिल्लाका सबै केन्द्रमा मतदान सुरु भएको मुख्य निर्वाचन अधिकृत गोपालप्रसाद बास्तोलाले जानकारी दिए।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment