उदयपुरबाट दुई लाख २९ हजारले मताधिकार प्रयोग गर्दै

डिसी नेपाल
४ मंसिर २०७९ ८:५५
48
Shares

उदयपुर। प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि उदयपुरबाट दुई लाख २८ हजार नौ सय ४६ जना मतदाताले मतदान गर्ने भएका छन्।

जिल्ला निर्वाचन कार्यालय उदयपुरका अनुसार महिला एक लाख १२ हजार आठ सय ४९ र पुरुष एक लाख १६ हजार ९५ जना छन् । दुई जना अन्य लिंगका छन्।

गत स्थानीय तह निर्वाचनयता महिला १५ सय ९८ र पुरुष तीा हजार दुई सय १० गरी कुल पाँच हजार आठ सय आठजना मतदाता थपिएका छन्। चार नगर र चार गाउँपालिका गरी आठ वटा स्थानीय तह रहेको उदयपुरमा मतदानस्थल र मतदान केन्द्र पनि बढेकोे जिल्ला निर्वाचन कार्यालय, उदयपुरका प्रमुख खेमराज कोइरालाले बताए। निर्बाचनमा एक सय एक मतदानस्थल र दुई सय ६४ मतदान केन्द्र कायम गरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *