मतपेटिका खोसाखोस भएपछि सिरहामा तीन राउन्ड हवाई फायर

डिसी नेपाल
४ मंसिर २०७९ १०:०१
732
Shares

सिरहा। जनता समाजवादी पार्टी  र नेकपा एकीकृत समाजवादीका कार्यकर्ताबीच मतपेटिका खोसाखोस भएपछि सिराहामा प्रहरीले हवाई फायर गरेको छ।

सिराहाको कर्जन्हा नगरपालिकाका ६ को जनता मावि बडहरामाल दुबै पार्टीका कार्यकर्ताले मतपेटिका खोसाखोस गरेपछि प्रहरीले ३ राउन्ड हवाई फायर गरेको हो ।

स्थितिलाई नियन्त्रणमा लिन हवाई फायर गर्नुपरेको जिल्ला प्रहरी कार्यालय सिराहाका डीएसपी सुवास बुढाथोकीले बताए। मतपेटिका तानातानले केहीबेर तनाव भए पनि अहिले भने मतदान सुचारु भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *