५२ जना कैदी बन्दीले गरे रुपन्देहीबाट मतदान, अधिकांश प्रहरी बञ्चित

डिसी नेपाल
४ मंसिर २०७९ १३:००
20
Shares

भैरहवा। रुपन्देहीको भैरहवामा रहेको जिल्ला कारागारका ५२ जना थुनुवा र कैदीहरुले मतदान गरेका छन्।  भैरहवास्थित जिल्ला कारागार परिसरमै बनाइएको अस्थायी मतदान केन्द्रबाट उनीहरुले मतदान गरेका हुन्।

कारागारमा ४५५ जना कैदी बन्दी रहेकोमा ५७ जना थुनुवा र ९ जना कारागारका कर्मचारीहरुको मतधिकार मात्रै रहेकोले अस्थायी मतदान केन्द्रमार्फत् मतदान गरेका हुन्। मतदानका लागि सोही केन्द्रमा खटिएका तीनजना कर्मचारीले पनि मतदान गर्न पाउँछन्। अघिल्ला निर्वाचनमा मतदान गर्नबाट बञ्चित कैदीबन्दीले यसपटक भने मतदान गरिरहेका छन्।

केही कैदी सरुवा भएको र केही सफाइ पाई गइसकेको हुनाले मतदानमा सहभागी नभएका हुन्। केहीको नामावली भएपनि कागजी प्रक्रियाले मताधिकार गरेका छैनन, कागजपत्रसहित आएमा साँझ ५ बजे सम्म मतदान गर्न पाउने मतदान अधिकृत गंगाप्रसाद अधिकारीले जानकारी दिए। अस्थायी मतदाताहरूले संघीय समानुपतिकतर्फ मात्रै मतदान गर्न पाउने व्यवस्था छ।

रुपन्देहीमा ५ ओटा अस्थायी मतदान केन्द्र रहेका छन्। जिल्ला कारागार रुपन्देही, शसस्त्र प्रहरी बल सिमा सुरक्षा २७ नं. गण, रामनगर ब्यारेक बुटवल, सैनामैना व्यारेक र सालझण्डी ब्यारेकमा आफ्नो निर्वाचन क्षेत्र पुग्न नसक्ने कर्मचारी, सुरक्षाकर्मी, वद्धाश्रममा रहेका व्यक्ति र कैदी बन्दीका लागि मतदानको व्यवस्था गरिएको छ।

रुपन्देहीका ५ हजार ३७७ अस्थायी मतदाता छन्। अस्थायी मतदाता सूचीमा रहेका मतदाताले मात्रै संघीय समानुपतिक तर्फ मतदान गर्छन्। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता श्यामु अर्यालका अनुसार रुपन्देहीका अधिकांस प्रहरीहरू मतदानबाट बञ्चित भएको जनाकारी दिए। १ हजार ७३५ प्रहरी रुपन्देहीमा परिचालन भए पनि ३३ जनाको मात्रै नामावली मतदाता सूचीमा रहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *