‘पौने १ बजेसम्म ३२ प्रतिशत मत खस्यो’

डिसी नेपाल
४ मंसिर २०७९ १३:५१

काठमाडौँ। निर्वाचन आयोगले आइतबार बिहानैबाट सुरु भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा दिउँसो पौने १ बजेसम्म ३२ प्रतिशत मत खसेको जनाएको छ।

आइतबार दिउँसो पत्रकार सम्मेलन गरेर आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले दिउँसो १२ः४५ बजेसम्म ३० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान रहेको जानकारी दिएका हुन्।

केही दिनयता बढेको चिसोका कारण बिहान १०/११ बजेदेखि  मतदान केन्द्रमा मतदाताको भिड लाग्न थालेको उनको भनाइ छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *