नवलपुरमा मतपेटिकामा एसिड प्रहार गर्ने एक जना पक्राउ

डिसी नेपाल
४ मंसिर २०७९ १७:१९
108
Shares

बुटवल । नवलपुरको देवचुली नगरपालिका ४ मा मतपेटिकामा एसिड प्रहार गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि झाक्रेस्थित शान्ती सृजना आधारभूत विद्यालय बुथमा प्रदेश समानुपातिकतर्फको मतपेटिकामा एसिड हालेर आगो लागाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा स्थानीय नारायण भण्डारी रहेका छन् । उनले आज दिउँसो  ४:१२ बजे मतपेटिकामा एसिड प्रहार गरेका थिए ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *