बैतडीमा प्रहरी बोकेको जीप दुर्घटना, ३ जनाको मृत्यु

डिसी नेपाल
५ मंसिर २०७९ ८:४३

बैतडी। बैतडीमा प्रहरी बोकेको जीप दुर्घटना हुदाँ ३ जनाको मृत्युु भएको छ। मृतकको परिचय खुल्न भने बाँकी छ। जीपमा १२ जना प्रहरी सवार रहेको बुुझिएको छ। से १ ज ८५४ नम्बरको जीप पाटन नगरपालिका वडा न.४को निङलाडी खोलामा दुर्घटना भएको वडा अध्यक्ष दिपक बिष्टले बताए।

दुर्घटनामा परी ९ जना घाइते भएकोमा ४ जनाको अवस्था गम्भीर रहेको छ। घाइतेहरुमध्ये छ जनाकाे पहिचान खुलेको छ। घाइते हुनेमा गोपालबहादुर पाल, आसा धामी, भानु बिष्ट, अर्जुन कठायत, टेकेन्द्रसिंह ऐर र लोकबहादुर कठायत रहेका छन्।

घाइतेहरुलाई उपचारका लागि अस्पताल पठाइएको छ। जिप सडकबाट करिब  ३ सय मिटर तल खसेको छ।  घटनाका बिषयमा थप जानकारी आउन बाँकी छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *