लमजुङमा जसपाका प्रतिनिधिसभा सदस्य उम्मेदवार गुरुङको निधन

डिसी नेपाल
५ मंसिर २०७९ २१:२४

लमजुङ । लमजुङमा जनता समाजवादी पार्टी (जसपा) का प्रतिनिधि सभा सदस्य उम्मेदवार नरेन्द्रबहादुर गुरुङको निधन भएको छ ।

लमजुङको मस्र्याङ्दी गाउँपालिका–२, घनपोखरा घिम्राङका ६८ वर्षीय गुरुङको उपचारका क्रममा भरतपुर अस्पतालमा सोमबार दिउँसो निधन भएको हो ।

हाल सदरमुकाम बेंसीसहर बस्दै आएका उनी शुक्रबार बिरामी भएपछि जिल्ला अस्पताल लमजुङमा भर्ना भएका थिए । उनलाई उपचारका लागि भरतपुर लगिएको थियो ।

जसपा केन्द्रीय सदस्य खेमजंग गुरुङका अनुसार पार्टीका प्रदेश कमिटी सदस्य समेत रहेका गुरुङ उच्च रक्तचाप बिरामी थिए। मर्स्याङ्दी गाउँपालिका–२ का अध्यक्ष चेतबहादुर गुरुङका अनुसार उनको शवलाई लमजुङ ल्याइएको छ ।

उनले सत्ता गठबन्धनका उम्मेदवार देवप्रसाद गुरुङलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता गरेको घोषणा गरेका थिए । तर, जसपाले उम्मेदवार कायमै रहेको जनाएको थियो । हाल ४ हजार ८ सय ९८ मतगणना हुँदा उनले ५ मत प्राप्त गरेका छन् ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *