टर्कीमा शक्तिशाली भूकम्प, ३५ जना घाइते
अंकारा। टर्कीको सबैभन्दा ठूलो सहर इस्तानबुलबाट २१० किलोमिटर (१३० माइल) पूर्वमा रहेको डुज्से सहर नजिकैको पश्चिमी टर्कीको क्षेत्रमा ६.० म्याग्निच्युडको भूकम्प गएको छ।
भूकम्पको धक्का इस्तानबुल र राजधानी अंकारामा महसुस गरिएकोे थियो । भूकम्पमा कम्तीमा ३५ जना घाइते भएका अधिकारीहरूले बताएका छन्।
भूकम्पको गहिराइ २ देखि १० किलोमिटर रहेको अनुमान गरिएको छ। पहिलो भूकम्प गएको २० मिनेटपछि दोस्रो भूकम्प गएको थियो।
भूकम्पले घर भत्किएपछि कतिपय मानिसहरू झ्यालबाट हाम फालेर सडकमा पुगेका थिए। टर्कीको प्रकोप एजेन्सीले ३२ जना डुज्सेमा, एक जना इस्तानबुलमा, एक जना ब्ल्याक सीको तटमा रहेको जोङ्गुलडाकमा र एक जना दक्षिणपूर्वमा बोलुमा घाइते भएको जनाएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment