१० हजार मत गन्न बाँकी छँदै कांग्रेस महामन्त्री शर्माको जित निश्चित
काठमाडौं। कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले जित सुनिश्चित गरेका छन्। प्रतिनिधिसभा सदस्यतर्फ झापा १ बाट उम्मेदवार बनेको उनले अन्तिम मतपरिणाम नआउँदै जित सुरक्षित गरेका हुन्।
यहाँ अझै १० हजार नौ सय ४९ मत गन्न बाँकी छ। उनी प्रतिस्पर्धी एमालेका अग्नी खरेलभन्दा १३ हजार तीन सय ९४ मतले अगाडि छन्।
शर्माले ३७ हजार तीन सय दुई मत पाएका छन् भने खरेलको मत २३ हजार नौ सय आठ मत छ। यस क्षेत्रबाट ८७ हजार तीन सय ९६ मत खसेको थियो।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment