नेपालको निर्वाचन व्यवस्थापमा सुधार: अध्यक्ष थोउफिक
काठमाडौँ। मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको अवलोकनका लागि आएका माल्दिभ्सको निर्वाचन आयोगका अध्यक्ष फुवाद थोउफिकले नेपालमा विगतको तुलनामा निर्वाचन व्यवस्थाप र प्रक्रियामा सुधार देखिएको बताएका छन्।
निर्वाचन अवलोकन र नेपालको भ्रमण सकेर आज स्वदेश फर्कनुअघि अध्यक्ष थोउफिकले आफू विसं २०७० को निर्वाचनमा पनि नेपालमा आएको अनुभन सुनाउँदै अहिलेको निर्वाचनमा खटिएका कर्मचारी र सुरक्षाकर्मीले मतदाताहरूलाई देखाएको सहभागिता र समन्वय उदाहरणीय रहेको बताए। काठमाडौँ, ललितपुर र काभ्रेपलाञ्चोकका गरी आठ मतदानस्थलको अवलोकन गर्नुभएका उनले नेपालको निर्वाचन प्रणाली र व्यवस्थापनबारे पाइएका असल अभ्यास आफूले माल्दिभ्समा जानकारी गराउने बताए।
विकासोन्मुख मुलुकहरूका लागि विद्युतीय मतदान प्रणालीमा जान मतदाताहरू तत्पर भइनसकेको पाइएको टिप्पणी गर्दै उनले हरेक निर्वाचन अधिकृतको कार्यालयमा मतपेटिका सङ्कलन गरिरहनुभन्दा मतदानस्थलपिच्छे नै मतगणना गर्न सकिने विषयमा नेपालले सोच्नुपर्ने सुझाव दिए।
No ads found for this position

डिसी नेपाल
Facebook Comment