भूकम्प गएको दुई दिनपछि ६ वर्षीय बालकको जीवितै उद्दार

डिसी नेपाल
८ मंसिर २०७९ ११:०४

बाली। इन्डोनेसियाका उद्धारकर्ताहरूले सियानजुरमा आफ्नो भत्किएको घरको भग्नावशेषबाट एक छ वर्षीय बालकको जीवितै उद्धार गरेका छन्। उनी म्याट्रिसमा रहेकाले जीवितै उद्दार सम्भव भएको उद्दारकर्ताले बताएका छन्। अजका मौलाना मलिक नाम गरेको ती बालक दुई दिनदेखि फँसेका थिए। उनी मृत हजुरआमाको शवको छेउमा जीवित फेला परेका थिए।

स्थानीय दमकल विभागले अनलाइन सेयर गरेको भिडियोमा उद्धार टोलीले उनलाई सुरक्षित स्थानमा उठाएपछि उनी शान्त देखिन्छन। ‘अजका अहिले ठीक छन्। उनलाई चोट लागेको छैन। उनी भोकाएकोले कमजोर मात्र भएको डाक्टरले बताएका छन्,’ भूकम्पले क्षतिग्रस्त अस्पतालबाहिर राखिएको पालमा अजकाको हात समात्दै आफन्त सलमान अल्फारिसीले भने। तर उनकी आमा भने सोमबारको भूकम्पमा मारिएकी थिइन्। ‘उनी घरमा जान चाहन्छन्। सँगै सुत्न उनले आमालाई सोधिरहेका छन्’ अल्फारिसीले भने।

५ दशमलब ६ म्याग्निच्युडको भूकम्पमा अहिलेसम्म मृत्यु हुनेको संख्या २७१ पुगेको छ। भूकम्पमा सयौँ घाइते भएका छन्। भूकम्पछि अझै पनि कम्तीमा ४० जना हराइरहेका छन् । इन्डोनेसियामा बारम्बार भूकम्प जाने गरेको इतिहास छ। सन् २०१८ मा गएको भूकम्पमा २ हजार जनाको मृत्यु भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *