हिमाल र अनुको स्वरमा ‘ए होर माया’ सार्वजनिक (भिडियो)

डिसी नेपाल
९ मंसिर २०७९ ११:५९

काठमाडौं । ‘ए होर माया’ बोलको नयाँ प्रेमगीत सार्वजनिक गरिएको छ । भावना म्युजिक सोलुशनले ल्याएको यस गीतमा चर्चित गायक हिमाल सागर र गायिका अनु चौधरीले स्वर दिएका छन् ।

मोडल विमल अधिकारी र नव-मोडल सनिशा भट्टराईको अभिनय रहेको भिडियो बिहीबार ‘भावना म्युजिक सोलुशन’ युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । मोडल अधिकारीकै शब्द एवं संगीत रहेको यस गीतलाई कमल सौरागले एरेन्ज गरेका हुन्।

पछिल्लो समयका चर्चित भिडियो निर्देशक मौसम हिमालीको कोरियोग्राफी एवं निर्देशनमा ‘ए होर माया’को भिडियो तयार भएको हो । लुम्बिनी, चितवनका आकर्षक लोकेशनमा भिडियो खिचिएको छ । राजेश घिमिरेको छायाँकन रहेको भिडियोलाई विकास ज्ञवालीले सम्पादन गरेका हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *