बैतडीमा जन्ती बोकेको जिप दुर्घटना

डिसी नेपाल
९ मंसिर २०७९ १९:४६

धनगढी । बैतडीमा जन्ती बोकेको जीप दुर्घटना भएको छ ।

शुक्रबार साँझ साढे पाँच बजेतिर पुर्चौंडीबाट जन्ती बोकेर गएको जीप सुर्नया गाउँपालिका– ८ पातलखोलामा दुर्घटनामा परेको हो । प्रहरीका अनुसार सुपप्र०१००१ ज १३५४ नम्बर जीप सडकबाट १५ मिटर तल खसेको थियो ।

जीप दुर्घटनामा ४१ वर्षीय चालक मानबहादुर साउँद घाइते भएका छन् । घाइते साउँदको खुट्टा र कम्मरमा चोट रहेको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण पत्ता नलागेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *