उदित नारायण झाका छोरा आदित्य नारायण नेपालमा
काठमाडौं । बलिउड अभिनेता तथा गायक आदित्य नारायण झा नेपाल आएका छन्। उनी शुक्रबार साँझ नेपाल आइपुगेका हुन्। आज हुने एक साङ्गीतिक कार्यक्रममा प्रस्तुति दिन उनी नेपाल आएका हुन् । गायक झाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै नेपाल आउँदा खुसी लाग्ने बताए ।
“दुई दिनका लागि नेपाल आएको छु । यद्यपि छिटै पुनःनेपाल आउने योजना बनाइरहेको छु । नेपाल घुमघाम गर्न मन पर्छ”, गायक झाले भने, “आउँदो जनवरीमा नेपाली गीत सार्वजनिक गर्दैछु । यो मैले तयार पारेको पहिलो नेपाली गीत हो । यसले नेपालसँगको सामीप्यता थप बढाउने विश्वास छ ।”
उनले नेपाली राम्रोसँग बुझे तापनि बोल्न भने केही समस्या हुने गरेको बताए । उनको आगमनले पर्यटन प्रवद्धनमा समेत टेवा पुग्ने विश्वास आयोजकको छ । गायक झा चर्चित नेपाली मुलका भारतीय गायक उदित नारायण झाका छोरा हुन् । सारेगमापा,ए क्स फ्याक्टर र खतरा खतरा खतरा, इन्डियन आइडल जस्ता शो होस्ट गरेर चर्चामा आएका आदित्यले नेपाली गीत सङ्गीतमा ‘कुसुमे रुमाल २’ मार्फत पार्श्व गायकका रुपमा डेब्यु गरेका थिए।
No ads found for this position


डिसी नेपाल
Facebook Comment