अत्याधिक चिसोमा ६० लाख मानिस बिजुलीविहीन जीवन बिताउन बाध्य
काठमाडौं । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले यस हप्ता देशमा ठूलो मिसाइल हमलापछि ६० लाख युक्रेनी घरहरू अझै बिजुलीविहीन रहेको बताएका छन्। आफ्नो रात्रि सम्बोधनमा, उनले भने, “आज साँझसम्म, अधिकांश क्षेत्र र कीभमा ब्ल्याकआउट जारी छ।”
विद्युत् कटौतीबाट प्रभावित घरको संख्या घटेको उनले बताए । तर लाखौं मानिस अझै पनि यो कडा चिसोमा बिजुली, ग्यास र हिटरविना बाँच्न बाध्य छन्।
एक भिडियो सम्बोधनमा बोल्दै राष्ट्रपति जेलेन्स्कीले भने, “राजधानी र आसपासका क्षेत्रहरू आक्रमणबाट सबैभन्दा बढी प्रभावित भएका छन्। शहरका धेरै बासिन्दाहरूले “२० वा ३० घण्टा” बिजुली पाएका छैनन्।
उनले राजधानी बाहेक सबैभन्दा बढी प्रभावित क्षेत्र ओडेसा, पश्चिममा ल्भिभ, भिनित्सा र निप्रोपेट्रोभस्क रहेको बताए । जेलेन्स्कीले न्यूनतम विद्युत् प्रयोग हुने उपकरण प्रयोग गर्न सर्वसाधारणलाई अपिल गरेका छन् ।
उनले भने, ‘बिजुली छ भने समस्या सकियो भन्ने होइन । उच्च शक्ति खपत गर्ने उपकरणहरू एकै समयमा नचलाउनुहोस्।’ उनले यो जाडोमा हिम्मत देखाउनुपर्ने र यो जाडो सधैं सम्झिने बताए ।
Facebook Comment