रामेछापमा कांग्रेसका पूर्णबहादुर तामाङ निर्वाचित

डिसी नेपाल
११ मंसिर २०७९ ८:३७

रामेछाप। रामेछापमा प्रतिनिधिसभा सदस्यमा कांग्रेसका पूर्णबहादुर तामाङ विजयी भएका छन्।

तामाङले एमालेका कैलाशप्रसाद ढुंगेललाई १६ हजार ३६९ मतान्तरले पराजित गरेका हुन् । तामाङले ४७ हजार ९८ मत प्राप्त गर्दा ढुंगेलले ३० हजार ७२९ मतमा सीमित भए।

तामाङ ०७४ को प्रतिनिधिसभा निर्वाचनमा पनि उम्मेदवार बनेका थिए। तर, पराजित भएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *