उदयपुर १ मा स्थगित मत गणना अझै सुरु भएन

डिसी नेपाल
११ मंसिर २०७९ २२:११

उदयपुर । उदयपुरको प्रतिनिधि सभा निर्बाचन क्षेत्र १ को मतगणता भइरहेको समयमा आइतबार बिहान प्रदेश सभाको मतपत्र प्रतिनिधि सभाको मतपेटिका भेटिएपछि विवाद हुँदा मत गणना स्थगित भएको गणना अझै सुचारु भएको छैन । प्रतिनिधि सभाको मतपेटिकामा प्रदेश सभाको मतपत्र भेटिएपछि मतगणना स्थगित भएको हो ।

आइतबार खोलिएका १० वटा प्रतिनिधि सभाको मतपेटिकामा १ सय हाराहारी मत पत्र प्रदेश सभामा भेटिएको थियो । गणना स्थगित गरेर सर्वदलीय बैठकमार्फत समाधान खोज्ने काम भइरहेको तर, निश्कर्ष ननिस्किएको बताइएको छ ।

अन्तिम चरणमा पुगेका बेला समस्या आएपछि गणना रोकेर छलफल भइरहेको जिल्ला निर्वाचन अधिकारी खेमराज कोइरालाले जानकारी दिए । उनले त्रियुगा नगरपालिका ५ देउरी र श्रीपुर केन्द्रका १० मध्ये ७ वटा मत पेटीकामा ती मतपत्र भेटिएको आरोप छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *