सुकुम्वासी वस्तीमा डोजर पुगेपछि थापाथलीमा मेयर बालेन साहविरुद्ध नाराबाजी

डिसी नेपाल
१२ मंसिर २०७९ १५:२६
316
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले थापाथली स्थित सुकुम्बासी वस्तीमा डोजर चलाएको छ ।

थापाथलीको बागमति नदी किनारमा बसेका भुमिहिनहरुलाई महानगरपालिकाले एक महिना अघि नै सुचना निकालेर ठाउँ खाली गर्न भनेको थियो । तर, निर्वाचनका कारण केहि समय राेकिएको महनगर निर्वाचन सकिए लगत्तै आज डोजर लिएर वस्तीमा गएको थियो । डाेजर पुगेपछि त्यहाँका सुकुम्वासीहरुले ढुंगामुढा गर्नुका साथै, टाएर बालेर विरोध जनाएका छन् ।

जारी प्रदर्शनमा उनीहरुले ‘मरे ज्यान बाँचे भर, एकता नै हाम्रो घर’, बालेन साह मुर्दाबाद, नगर प्रहरी मुर्दावाद, गरिब मार्न पाइँदैन् लगायतका नारा लगाइरहेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *