ओलीको प्रश्न- अमेरिकन पार्टीको हुबहु चुनाव चिन्ह यता कसरी आयो ?

डिसी नेपाल
१३ मंसिर २०७९ १६:१७

काठमाडौं । एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी र अमेरिकन फ्रिडम पार्टीको चुनाव चिन्ह हुबहु मिलेकोप्रति कटाक्ष गरेका छन् । च्यासलस्थित पार्टी कार्यालयमा मंगलबार आयोजित बधाई कार्यक्रममा अध्यक्ष ओलीले चुनावअघि अस्तित्वमै नरहेको पार्टी एक्कासी कसरी ठूलो बन्यो भन्दै प्रश्न समेत गरे ।

अध्यक्ष ओलीले भने, ’संयोग होला अमेरिकाको फ्रिडम पार्टीको चुनाव चिन्ह जस्तै यता पनि लिएर आएका छन् । अस्तिसम्म स्वाप्पै थियो । अहिले कसरी हुप्प फुल्यो ।त्यतातिर पनि केही होला । त्यतातिर नजाऔं ।’

अमेरिकी फ्रिडम पार्टीको चुनाव चिन्ह पनि घण्टी रहेको पाइएको छ । रास्वपा र अमेरिकन फ्रिडम पार्टीको लाेगो समेत उस्तै उस्तै रहेको पाइएको छ । उनले निर्वाचनमा सरकारले धाँधली गरेको समेत बताए ।

सर्वसाधारणमाथि धडपकड र गोली प्रहार गर्ने कार्य गरेर गठबन्धन सरकारले निर्वाचन पक्षपातपूर्ण बनाएको बताए । उनले थापाथलीस्थित सुकुम्वासी बस्तीमा बल प्रयोग गरेर हटाउन खोज्नु उचित नभएको पनि टिप्पणी गरेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *