एकपटक समातिएर निधारमा ‘म चोर हुँ’ लेखिएको मान्छे फेरि पनि चोरी गरिरहेको अवस्थामा पक्राउ !

डिसी नेपाल
१४ मंसिर २०७९ १३:१५
104
Shares

काठमाडौं । केही वर्षअघि २२ वर्षीय युवकलाई साइकल चोरी गर्दागर्दै मानिसहरूले समातेका थिए । त्यसपछि मानिसहरूले उसको निधारमा ‘म चोर र हरुवा हुँ’ लेखिएको ट्याटु बनाए। अहिले यी युवक फेरि एक घरबाट चोरी गर्दै गर्दा पक्राउ परेका छन् ।

‘म एक चोर हुँ’ ट्याटु कोरेको युवकको नाम रुआन रोचा दा सिल्भा हो। यो वाक्यांश ब्राजिलको स्थानीय भाषामा युवकको निधारमा लेखिएको छ। डेलीबिस्टको रिपोर्टका अनुसार रुआन आइतबार साओ पाउलोको कोटियास्थित एक घरमा चोरी गर्न बाथरूमको झ्यालबाट भित्र पसेका थिए । तर, उनी समातिए ।

चोरी गर्न खोज्दा रुआन पनि घाइते भएका छन् । पक्राउपछि उनको उपचार पनि भएको थियो । २०१७ मा साइकल चोर्न खोज्दा रुआनको निधारमा दुईजनाले ‘म चोर र हरुवा हुँ’ लेखिएको ट्याटु बनाएका थिए। यी मध्ये एक व्यक्तिले उनको निधारमा ट्याटु बनाएका थिए भने अर्कोले रुआनको भिडियो बनाउँदै थिए । दुवै जनाले रुआनलाई पाठ सिकाउने उद्देश्यले यस्तो गरेका हुन् ।

रुआन रोचा दा सिल्भा एक पेशेवर चोर भएका छन् । उनी यसअघि पनि धेरै पटक चोरीमा पक्राउ परेका थिए । सन् २०१८ मा उनी बजारबाट डिओडोरेन्ट चोर्दै गर्दा पक्राउ परेका थिए । यो अपराधमा उनलाई केही दिन जेल सजाय पनि भयो । त्यसपछि २०१९ मा स्वेटसर्ट चोरेको आरोपमा पक्राउ परेका थिए । त्यसपछि उनी मोबाइल चोरी गर्दा पनि पक्राउ परे ।

ब्राजिलियन मिडियाले रिपोर्ट गरेको छ कि रुआनको ‘म एक चोर हुँ’ ट्याटुको अंश उनको उपचारको क्रममा हटाइयो। तर, उनले त्यसलाई पूर्णरुपमा हटाएनन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *