पाकिस्तानको क्वेटामा आत्मघाती बम आक्रमण

डिसी नेपाल
१४ मंसिर २०७९ १४:१९
20
Shares

काठमाडौं । पाकिस्तानको बलुचिस्तान प्रान्तको राजधानी क्वेटाको उपनगर बलेलीमा पोलियो टोलीको सुरक्षा गरिरहेको प्रहरीको गाडीमा आत्मघाती हमला भएको छ । यस हमलामा कम्तीमा दुई जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन् ।

प्रहरी अधिकारीहरूका अनुसार विस्फोटमा परेका बलुचिस्तान कन्स्टेबुलरीका जवानहरू पोलियो ड्युटीमा थिए। मिडियाका प्रतिनिधिहरूसँग कुरा गर्दै क्वेटा पुलिसका डीआईजी गुलाम अजफर महेसरले भने कि यो आत्मघाती हमला थियो जसमा २० देखि २५ किलोग्राम विस्फोटक पदार्थ प्रयोग गरिएको थियो।

उनले बलुचिस्तान कन्स्टेबुलरीको गाडीलाई निशाना बनाएर विष्फोट गराएको बताए जसमा जवानहरू ड्युटीमा गइरहेका थिए। विष्फोटमा एक प्रहरीसहित कम्तीमा दुई जनाको मृत्यु भएको छ भने २० प्रहरीसहित २४ जना घाइते भएका छन् । विष्फोटबाट अन्य तीनवटा गाडीमा पनि क्षति पुगेको छ ।

प्रतिबन्धित आतंकवादी संगठन तेहरिक-ए-तालिबान पाकिस्तानले आक्रमणको जिम्मेवारी लिएको छ। विस्फोटमा परी घाइते भएकाहरुलाई उपचारका लागि क्वेटाको सिभिल अस्पतालमा लगिएको छ । यसैबीच, पाकिस्तानका प्रधानमन्त्री सेहबाज सरिफले आक्रमणको कडा निन्दा गर्दै घटनाको छानबिन गर्न आदेश दिएका छन्।

प्रधानमन्त्रीको कार्यालयबाट जारी विज्ञप्तिमा प्रधानमन्त्री शहबाज सरिफले घटनामा मारिएका र घाइते भएकाहरूप्रति समवेदना व्यक्त गर्दै पोलियो अधिकारीहरूले देशबाट घातक रोग निर्मूल पार्न अथक प्रयास गरेको भन्दै आफ्नो कर्तव्य निर्वाह गरेको बताएका छन् । उनले मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण गरे ।

विज्ञप्तिमा उनले भनेका छन्, ‘पाकिस्तानले कानून प्रवर्तन एजेन्सीहरू र पोलियो अधिकारीहरू विरुद्धको यी नापाक प्रयासहरूलाई कहिल्यै सफल हुन दिने छैन। केन्द्रीय गृहमन्त्री राणा सनाउल्लाहले विज्ञप्ति जारी गर्दै उक्त विस्फोट आत्मघाती हमला भएको बताएका छन् । अपराधीहरुको निशानामा प्रहरी दल नै थियो । घटनाको विस्तृत रिपोर्ट बलुचिस्तान सरकारसँग माग गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *