भारतसँगको सम्बन्धमा हस्तक्षेप नगर्न चीनले अमेरिकालाई दियो चेतावनी
काठमाडौं । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनको रिपोर्ट अनुसार चीनले अमेरिकी अधिकारीहरूलाई भारतसँगको सम्बन्धमा हस्तक्षेप नगर्न चेतावनी दिएको छ ।
समाचार एजेन्सी पीटीआईले रिपोर्ट गरेको छ कि नयाँ दिल्लीसँगको सीमा विवादले भारत र अमेरिकाबीचको निकटता नबढोस् भन्ने कुरामा चीन बढी सजग रहेको बताइएको छ ।
सन् २०२० को मे महिनादेखि, पूर्वी लद्दाखको वास्तविक नियन्त्रण रेखासँग जोडिएको क्षेत्रमा भारतीय सेना र चिनियाँ जनमुक्ति सेनाबीच धेरै ठाउँमा तनावको स्थिति छ।
यस सिमा विवादमा चिनियाँ अधिकारीहरूले संकटको गम्भीरतालाई कम गर्न खोजेका छन्।
अमेरिकी रक्षा मन्त्रालयले मंगलबार कांग्रेसमा चीनको सैन्य रणनीतिबारे प्रस्तुत गरेको प्रतिवेदनमा चीनले सीमा विवादको मुद्दालाई भारतसँगको द्विपक्षीय सम्बन्धका अन्य पक्षमा असर नपर्नेगरी अगाडि बढाउन प्रयास गरेको उल्लेख गरिएको छ ।
रिपोर्टमा भनिएको छ, “पीपुल्स लिबरेशन आर्मीले अमेरिकी अधिकारीहरूलाई भारतसँगको सम्बन्धमा हस्तक्षेप नगर्न चेतावनी दिएको छ।”
पेन्टागनले भनेको छ कि २०२१ मा, पीपुल्स लिबरेशन आर्मीले चीन-भारत सीमाको एक भागमा वर्षौंसम्म आफ्ना सेनाहरू तैनाथ गरेको छ र वास्तविक नियन्त्रण रेखामा पूर्वाधार निर्माणलाई जारी राखेको छ।







डिसी नेपाल







Facebook Comment