आज पनि सुकुम्वासीहरुको विरोध प्रदर्शन

डिसी नेपाल
१४ मंसिर २०७९ १६:४१
280
Shares

काठमाडौं । उचित बिकल्पविना नै आफुहरुलाई उठिबास लगाउन खोजिएको भन्दै बागमती किनारका सुकुम्वासीहरुले बुधबार पनि काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् ।

संयुक्त राष्ट्र सुकुम्वासी मोर्चा र नेपाल महिला एकता समाजको नेतृत्वमा उनीहरुले काठमाडौंको भृकुटिमण्डपदेखि बिभिन्न स्थानसम्म विरोध प्रदर्शनसहित र्‍यालीको आयोजना गरेका हुन् । उनीहरुले आफुहरुको वस्ती हटाउने महानगरको कामको विरोध गर्दै नारावाजी गरेका थिए ।

राज्यले यसअघि सुकुम्वासीसँग गरिएको सहमति कार्यान्वयन गर्नुपर्ने उनीहरुको माग छ । सोमबार काठमाडौं महानगरपालिका र अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिको टोली एक्स्काभेटर लिएर बस्ती हटाउन पुगेपछि सुकुम्बासी बस्तीमा झडप भएको थियो ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *