बोलेरो जीप भेरी नदीमा खस्यो

डिसी नेपाल
२७ साउन २०८३ १५:३३

सुर्खेत। सुर्खेत र सल्यानको सीमामा पर्ने बालुवासंग्रही नजिकै बोलेरो जीप दुर्घटना हुँदा दुई जना बेपत्ता भएका छन्।

लु १ ज ३०२२ नम्बरको बोलेरो जीप अनियन्त्रित भई सडकबाट भेरी नदीमा खसेको हो। कर्णाली प्रदेश प्रहरीका अनुसार जीपमा चार जना सवार थिए। जीप नदीमा खसेपछि दुई जना पौडिएर सकुशल बाहिर निस्कन सफल भएका छन्। जीपमा सवार अन्य दुई जना भने नदीमा बेपत्ता भएका छन्।

दुर्घटनाको जानकारी पाएलगत्तै बेपत्ता यात्रु र नदीमा डुबेको जीपको खोजीका लागि प्रहरी टोली घटनास्थलमा परिचालन गरिएको प्रहरीले जनाएको छ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *