सामुदायिक वनबाट बेवारिसे ६ थान भरुवा बन्दुक बरामद
कपिलवस्तु। कपिलवस्तुको वाणगंगा नगरपालिका-९ जिनुवास्थित खोजिपुर सामुदायिक वनबाट बेवारिसे अवस्थामा ६ थान भरुवा बन्दुक बरामद गरिएको छ।
इलाका प्रहरी कार्यालय पिपरा, कपिलवस्तुबाट खटिएको प्रहरी टोलीले सामुदायिक वनमा खोजतलास गर्ने क्रममा जंगलको बीचमा रहेको जामुनको रुखको फेदमा बेवारिसे अवस्थामा राखिएका ६ नाल भरुवा बन्दुक फेला पारेको हो। बरामद भएका बन्दुकका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment