उडिरहेको विमानको ढोका यात्रुले खोल्न खोजेपछि…

डिसी नेपाल
१५ मंसिर २०७९ ८:४९
168
Shares

न्युयोर्क। अमेरिकाको एउटा उडानमा रहेको रहेको विमानले आपतकालीन अवतरण गर्नु परेपछि उडानको नियम विपरित काम गर्ने एक महिला पक्राउ परेकी छिन्।

३७ हजार फिटको उडानमा रहेको विमानको ढोका खोल्ने प्रयास गर्ने महिला पक्राउ परेकी हुन्। पूर्वी जिल्ला अर्कान्ससको एउटा अदालतले जारी गरेको कागजातअनुसार विमानको झ्याल खोल्ने ३४ वर्षीय महिला इलोन एगबेगिनियस पक्राउ परेकी हुन्।

उडानको विचमा उनले ‘जिससले विमानको ढोका खोल्न भनेको’ भन्दै उनले ढोका खोल्ने प्रयास गरेकी थिइन्। शनिबार हुस्टनबाट कोलम्बसका लागि उडेको साउदवेस्ट फ्लाइटको उडानका क्रममा अचम्मलाग्दो उक्त घटना भएको थियो।

उडान परिचारकहरूले उनलाई आपत्कालीन एक्जिटमा जानबाट रोकेपछि इलोनले उडानको ढोका खोल्ने प्रयास गरेकी थिइन्। महिलाको कदमले अचम्म परेका एक यात्रुले उनलाई रोक्न खोजेका थिए तर महिलाले उनको तिग्रामा टोकिदिएकी थिइन्। विवरणअनुसार महिलाबाट उम्कन ती पुरुषले उनको मुखमा आफ्नो औँला हाल्नु परेको थियो।

अदालतको कागजात अनुसार ती महिला विमानको पछाडितर्फ पुगेर एक्जिट डोरमा एकहोरो हेरेकी थिइन । विमान परिचार तत्काल घटनास्थलमा पुगेर बाथरुम प्रयोग गर्न वा बस्न अनुरोध गरेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *