चीनमा विरोध प्रदर्शनका बीच सी जिनपिङले युरोपेली परिषद्का अध्यक्षलाई भेटे
काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङले बिहीबार युरोपेली परिषद्का अध्यक्ष चार्ल्स मिशेलसँग भेटवार्ता गरेका छन् । चार्ल्स मिसेल एक दिने चीन भ्रमणमा छन् । यद्यपी यस बैठकसँग सम्बन्धित मुख्य जानकारी भने आइसकेको छैन ।
समाचार एजेन्सी रोयटर्सका अनुसार भेट बेइजिङको ग्रेट हल अफ द पिपुलमा भएको थियो। यस क्रममा सी जिनपिङले युरोपेली परिषद्का अध्यक्षलाई युरोपेली संघ, सदस्य राष्ट्रहरूसँग सम्बन्धित संस्था र एकाइहरूले चीनबारे तर्कसंगत र सही बुझाइको विकास गर्ने आशा व्यक्त गरे।
आर्थिक मोर्चामा तनावका साथै मानवअधिकार, जलवायु परिवर्तनलगायतका विषयमा मतभेदका बीच यो बैठक भएको हो । युरोपेली संघले यो बैठकलाई ईयू र चीनका लागि आपसी संवाद बढाउने उपयुक्त समय भएको बताएको छ । विगतमा सी जिनपिङले जनताको अप्रत्याशित विरोधको सामना गर्नुपरेको कारण यो भेट पनि चर्चाको विषय बनेको थियो ।
चीनको शून्य कोविड नीतिको विरोध गर्न सयौं मानिसहरू सडकमा उत्रिए। प्रदर्शनमा चीनको राष्ट्रपति पदबाट जिनपिङको राजीनामाको माग पनि भएको थियो । यो प्रदर्शनलाई दबाउन चीनले सुरक्षा बल प्रयोग गरेको थियो। अर्कोतर्फ चार्ल्स मिचेललाई पनि चीन भ्रमण रद्द गर्न दबाब परेको थियो ।







डिसी नेपाल







Facebook Comment