शेखर कोइरालाको दाबी– नयाँ सरकार कांग्रेसकै नेतृत्वमा बन्छ

डिसी नेपाल
१५ मंसिर २०७९ १७:१०

मोरङ । कांग्रेस नेता शेखर कोइरालाले नयाँ सरकार कांग्रेसकै नेतृत्वमा बन्ने बताएका छन् ।

विराटनगरस्थित कोइराला निवासमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा  पाँच दलीय गठबन्धनले नै कांग्रेसकै नेतृत्वमा नयाँ सरकार बनाउने बताएका हुन् ।

कांग्रेसभित्रै आधा दर्जन नेता प्रधानमन्त्रीको आकांक्षी देखिएका बेला उनले कसको नेतृत्वमा बन्ने भन्ने विषयमा भने उनले केही खुलाएनन् ।

गठबन्धन दलले कांग्रेस नेतृत्वमा संयुक्त सरकार बनाउने बताएका उनले उक्त सरकारको नेतृत्व कुन नेताले गर्ने भन्ने विषयमा आन्तरिक छलफलपछि मात्र थाहा हुने बताए ।

कांग्रेसकोे संसदीय दलको नेता को भन्ने चासो आमचासो बढेको छ । सभापति शेरबहादुर देउवा, गगनकुमार थापासहितका नेता दलको नेता बन्ने दौडमा देखिन्छन् । तर, कोइरालाले भने पार्टीभित्र छलफल गरेर टुंगोमा पुगिने बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *