समुद्री जहाजमा झुण्डिएर गर्यो ३२०० किलोमिटरको यात्रा, ११ दिनपछि यस्तो अवस्थामा पुगे अर्को देश !

डिसी नेपाल
१६ मंसिर २०७९ ११:४३
2.0k
Shares

काठमाडौँ। जहाजको तल्लो भागको ‘रुडर’ मा बसेर तीन जनाले ११ दिनभित्र ३ हजार २ सय किलोमिटरको खतरनाक यात्रा गरेका छन्। जहाजको ‘रुडर’ जसमा तीन जना बसेका थिए, त्यसबाट केही इन्च मात्र टाढा समुन्द्री छालहरू थिए । यी तीनै टिकटविहीन यात्रुहरूले नाइजेरियाबाट क्यानरी आइल्याण्डसम्म यात्रा गर्ने निर्णय गरे।

तेल ट्याङ्कर जहाज अलिथिनी II को ‘रुडर’ मा बसेर तीन जनाले यात्रा गरेका थिए। रडर कुनै पनि जहाजलाई दिशा दिन मद्दत गर्दछ। यो भाग जहाजको तल्लो छेउमा छ र पानी छोएको छ। स्पेनिस कोस्ट गार्डले सोमबार तीनै घरबारविहीन व्यक्तिहरूको फोटो साझा गरेको छ। जसमा तीनै जना ‘रुडर’ को माथि बसेका देखिएका छन्। यी मानिसहरूका खुट्टाहरू समुद्रको छालबाट केही इन्च टाढा देखिन्छन्।

यो खतरनाक र लामो यात्राका कारण तीनै जना डिहाइड्रेसन र हाइपोथर्मियाबाट पीडित भएको अधिकारीहरूले बताएका छन् । यस सम्बन्धमा आप्रवासन सल्लाहकार सेमा सांटानाले यो पहिलो र अन्तिम पटक नभएको बताइन्। साथै उनले भनिन्,’ टिकटविना यात्रा गर्नेहरुलाई सधैं भाग्यले साथ दिंदैन।’

जुन जहाजमा यी तीन जना आइरहेका थिए सो जहाज १७ नोभेम्बरमा नाइजेरियाको लागोस सहरबाट निस्किएको थियो । ११  दिनमा ३ हजार २ सय किलोमिटर यात्रा पछि यो जहाज स्पेनी सीमामा प्रवेश गरेको थियो।

यस अघि सन् २०२० मा पनि  एक १४ वर्षीय नाइजेरियाली केटा पनि लागोसबाट १५ दिनको यात्रापछि यस्तै प्रकारले स्पेन आएका थिए। १५ दिनको यात्रामा उनले समुन्द्रको पानी पिए र पतवारको माथिको प्वालमा सुते । सन् २०२० मा नै रुडरको पछाडि कोठामा लुकेर १० दिनको यात्रा गरेर ४ जना स्पेन पुगेका थिए।

स्पेनको गृहमन्त्रालयले यो वर्ष सामुद्रिक मार्गबाट ​​डुङ्गाको यात्रा गरी ११ हजार ६ सय मानिस देश प्रवेश गरेको जनाएको छ । यसमा हजारौं अफ्रिकी शरणार्थीहरू रहेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *