दोलखामा माओवादी केन्द्रको अग्रता कायमै

डिसी नेपाल
१६ मंसिर २०७९ ११:३४
660
Shares

काठमाडाैं। दोलखामा प्रतिनिधिसभा सदस्यमा नेकपा (माओवादी केन्द्र) का उम्मेदवार गङ्गा कार्कीले अग्रता लिएका छन्।

हालसम्म पाँच हजार नौ सय ७० मतगणना हुँदा उनले तीन हजार छ सय १८ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का बालकृष्ण शिवाकोटीले एक हजार आठ सय मत प्राप्त गरेकाे मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिए।

जिल्लाको प्रदेशसभा (१) मा चार हजार सात सय ३३ मतगणना गर्दा नेपाली कांग्रेसका कुन्दनराज काफ्लेले दुई हजार पाँच सय २५ मत तथा एमालेका नरबहादुर श्रेष्ठले एक हजार छ सय १६ मत प्राप्त गरेका छन्।

प्रदेशसभा (२) मा चार हजार चार सय ९४ मतगणना हुँदा एमालेका भरत केसीले दुई हजार एक सय ८५ र कांग्रेसका बर्मा लामाले एक हजार आठ सय ५७ मत प्राप्त गरेका छन्। जिल्लाको १० मतदान केन्द्रमा बिहीबार पुनः मतदान भएको थियो। बाँकी स्थानमा यही मङ्सिर ४ गते मतदान भएको थियो।

जिल्ला ९४ मतदानस्थल र एक सय ९५ मतदान केन्द्र थिए । कूल एक लाख ६१ हजार चार सय ५० मतदाता रहेका थिए भने १४ राजनीतिक दलका र सात स्वतन्त्र गरी २१ उम्मेदवार चुनावी मैदानमा सहभागी भएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *