निषेधित क्षेत्रमा प्रदर्शन भएपछि धनगढीमा ८ राउन्ड हवाइ फायर, दर्जनबढी विद्यार्थी पक्राउ

डिसी नेपाल
१६ मंसिर २०७९ १३:५७

धनगढी। स्थानीय प्रशासनले निषेध गरिएको क्षेत्रमा विद्यार्थीले आन्दोलन गरेपछि भिडलाई तितरवितर पार्न प्रहरीले धनगढीमा आठ राउन्ड हवाइ फाएर र अश्रु ग्यास प्रहार गरेकाे छ।

हवाई फायरपछि विद्यार्थीहरू तितरवितर भएका छन्। बिहीबार ग्रेडरले किचेर पञ्चोदय माविमा अध्ययनरत १६ वर्षीया किशोरी चेतना साउदको मृत्यु भएपछि विद्यार्थी आन्दोलित भएका हुन्।

बिहीबार बिहान १० बजे धनगढीको पञ्चोदय माध्यमिक विद्यालयको कक्षा ८ मा अध्ययनरत चेतना साउदको सडक निर्माणका क्रममा ग्रेडरले किचेर मृत्यु भएको थियो। उनको शव अहिले सेती प्रादेशिक अस्पतालको शव गृहमा राखिएको छ।

घटनापछि विद्यार्थी ताडफोडमा उत्रेपछि जिल्ला प्रशासन कार्यालय कैलालीले बिहीबार साँझ ७ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि निषेधाज्ञा जारी गरेको थियो। निषेधाज्ञाका बाबजुद पछि धनगढीका केही स्थानमा प्रहरी प्रशासनविरूद्ध विद्यार्थीहरू नाराबाजी गर्दै प्रदर्शनमा उत्रिएका हुन्।

प्रदर्शनमा सहभागी मध्ये एक दर्जनभन्दा बढी विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। मृतकका आफन्तल, निर्माण कम्पनी र प्रशासनबीच जिप्रकामा छलफल चलिरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *