विश्व इतिहासमा आजः भूपालमा ग्यास लीक हुँदा २ हजारको मृत्यु भएको त्यो दिन
भारतको भूपालमा आजकै दिन अर्थात सन् १९८४ को ३ डिसेम्बरमा एउटा ग्यास भट्टीमा ग्यास चुहावट हुँदा कम्तिमा २ हजारको मृत्यु भएको थियो। ग्यास चुहावटपछि भोपालका हजारौंलार्ई विभिन्न समस्या देखिएको थियो। यसलाई विश्वकै सवैभन्दा खराब औधोगिक दुर्घटना मानिन्छ।
सन् १९७० मा आयोतोल्लाह खमेनी त्यहाँको राष्ट्रपति बनेका थिए। धार्मिक नेता खमेनी सन् १९७९ को इरान क्रान्तिको समयका मुख्य नेता थिए।
पहिलो पटक नियोन लाइटको आविश्कार
सन् १९१० मा पहिलो पटक नियोन लाइट सार्वजनिक गरिएको थियो। अधिकांश सहरी क्षेत्रमा देखिने यो लाइटको फ्रान्सेली आविश्कार तथा इन्जिनियर जर्ज क्लाउडेले पहिलो पटक आविश्कार गरेका थिए। ती लाइटलाई पहिलो पटक पेरिस मोटर सो मा पहिलो पटक प्रदर्शन गरिएको थियो।
अमेरिकाको २१ औं राज्य इलिनोइस
सन् १८१८ मा मध्यपश्चिमी राज्य इलिनोइस अमेरिकामा आबद्ध भएको थियो। इलिनोइस अमेरिकामा आबद्ध हुने २१ औं राज्य हो। तीन ओटा अमेरिकी राष्ट्रपतिले इलिनोइसलाई आफ्नो गृह राज्य बताउँदै आएका छन्।







डिसी नेपाल







Facebook Comment