अमेरिकी सांसदहरूले अब पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको कर रिटर्नको छानबिन गर्न सक्ने
काठमाडौं । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो कर रिटर्न कागजात गोप्य राख्ने कानुनी लडाइँ हारेका छन् । अब यी कागजातहरू अमेरिकी प्रतिनिधि सभाको समितिलाई हस्तान्तरण गरिएको छ।
अमेरिकी ट्रेजरी डिपार्टमेन्टले सर्वोच्च अदालतको आदेशको पालना गर्दै डोनाल्ड ट्रम्पको कर रिटर्नसँग सम्बन्धित कागजातहरू डेमोक्र्याट नियन्त्रित सदनलाई हस्तान्तरण गर्ने निर्णय गरेको बताएको छ।
तर, कागजात सार्वजनिक गर्ने कि नगर्ने भन्ने स्पष्ट गरिएको छैन । यस विषयमा डोनाल्ड ट्रम्पको तर्फबाट अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन ।
यसअघि, आफ्नो २०१६ को राष्ट्रपति चुनावको समयमा र पछि उनले दशकौं पुरानो राष्ट्रपति चुनावको प्रचलन तोड्दै यी कागजातहरू सार्वजनिक गर्न अस्वीकार गरे ।
भर्खरै उनले यस कार्यलाई राजनीतिबाट प्रेरित कदम भन्दै २०२४ सालमा पुनः राष्ट्रपति चुनाव लड्ने घोषणा गरेपछि यो कारबाही बाहिर आएको बताए ।
ट्रेजरी विभागले बुधबार दिएको यो जानकारीपछि अब ट्रम्पका २०१५ देखि २०२० सम्मका सबै कागजात समितिको स्वीकृतिमा उपलब्ध हुनेछन् । यद्यपि यी कागजातहरू उनीहरूलाई तुरुन्त उपलब्ध गराइएको छ वा छैन भन्ने अझै स्पष्ट छैन।







डिसी नेपाल







Facebook Comment