चीनले ताइवान गएका बेलायती सांसदमाथि ‘हस्तक्षेप’ गरेको आरोप लगायो
काठमाडौं । चीनले ताइवानको भ्रमणमा गएका बेलायती सांसदहरूको टोलीले आफ्नो आन्तरिक मामिलामा ‘हस्तक्षेप’ गरेको आरोप लगाएको छ।
चीनले आफ्नो हितविरुद्ध काम गर्नेलाई जवाफ दिने र यसका लागि बल प्रयोग गर्न सकिने पनि जनाएको छ ।
बेलायतको विदेश मामिला समितिको ताइवान भ्रमणको सन्दर्भमा चिनियाँ दूतावासले विज्ञप्ति जारी गरी यसलाई ‘एक चीन सिद्धान्त’को ‘खुला उल्लङ्घन’ भनेको छ।
चीनले ताइवानलाई आफ्नो अंग मानेको छ भने ताइवानले यसलाई अस्वीकार गर्दै आएको छ ।
समाचार एजेन्सी रोयटर्सले चिनियाँ प्रवक्तालाई उद्धृत गर्दै भन्यो, “चीनले बेलायतलाई आफ्नो प्रतिबद्धताको पालना गर्न र चीनको एक चीन सिद्धान्त विरुद्ध कदम चाल्न र चीनको आन्तरिक मामिलामा हस्तक्षेप गर्न बन्द गर्न आह्वान गर्दछ।”
“यदि बेलायतले उठाएको कदम चीनको हित विरुद्ध छ भने, यसलाई चीनले बल प्रयोग गरी जवाफ दिनेछ।”







डिसी नेपाल







Facebook Comment