ताइवानको लोकतन्त्रको रक्षा गर्न बेलायतले सैन्य सहायता पठाउन सक्छ: बेलायती प्रतिनिधिमण्डल
काठमाडौं । ताइवानमा बेलायती प्रतिनिधिमण्डलका प्रमुखले आवश्यक परेमा यस क्षेत्रमा ताइवानको लोकतन्त्रको रक्षा गर्न बेलायतले सैन्य सहायता पठाउन सक्ने बताएका छन् ।
बेलायतको विदेश मामिला समितिकी अध्यक्ष एलिसिया केर्न्सले ताइवानसँग सहयोग गर्ने साथीहरू रहेको बताइन्।
१६ वर्षपछि बेलायती प्रतिनिधिमण्डलको यो पहिलो ताइवान भ्रमण हो । चीनले बेलायती प्रतिनिधिमण्डलको ताइवान भ्रमणलाई आफ्नो आन्तरिक मामिलामा हस्तक्षेप गरेको आरोप लगाएको छ।
चीनले यो भ्रमण ‘एक चीन नीति’को स्पष्ट उल्लङ्घन भएको बताएको छ । ताइवानमा लोकतान्त्रिक शासन प्रणाली छ र यसले आफूलाई चीनबाट अलग ठान्छ तर बेइजिङले यसलाई छुट्टिएको प्रान्तको रूपमा हेर्छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment