नोरा फतेही मनी लन्ड्रिङ मुद्दामा ईडीमा उपस्थित

डिसी नेपाल
१७ मंसिर २०७९ ११:०९

काठमाडौं । बलिउड अभिनेत्री नोरा फतेही आज प्रवर्तन निर्देशनालय (ईडी) समक्ष हाजिर भएकी छिन् । नोरा फतेही सुकेश चन्द्रशेखर, ज्याकलिन फर्नान्डिससहित सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धानमा छन् ।

सुकेश चन्द्रशेखरका वकिल अशोक कुमार सिंहले बीबीसीलाई भने, “नोरा फतेही आज दिल्लीस्थित ईडीको कार्यालयमा हाजिर भएकी थिइन्।”

यद्यपी आफूलाई के के सोधपुछ गरियो भन्नेबारेमा उनले केही बताइनन् । यसअघि पनि नोरा ईडीमा उपस्थित भइसकेकी छिन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *