अफगानिस्तानस्थित पाकिस्तानी दूतावासमा आक्रमण
काठमाडौं । अफगानिस्तानस्थित पाकिस्तानी दूतावासमा आक्रमण हुँदा एक सुरक्षा अधिकारी घाइते भएका छन् । दूतावासले जारी गरेको विज्ञप्तिमा मिसनका प्रमुख उबेद–उर–रहमानलाई निशाना बनाउने प्रयास गरिएको बताइएको छ । यद्यपि उनी सुरक्षित छन्।
विज्ञप्तिमा भनिएको छ, “पाकिस्तान सरकार मिसन प्रमुखको हत्या प्रयास र काबुलस्थित दूतावास परिसरमा भएको आक्रमणको कडा निन्दा गर्दछ। अफगानिस्तानको अन्तरिम सरकारले तुरुन्तै हमलाको छानबिन गर्नुपर्छ, दोषीलाई गिरफ्तार गर्नुपर्छ र जवाफदेहिता तय गर्नुपर्छ र पाकिस्तानी राजदूत र नागरिकहरूको सुरक्षाका लागि तत्काल कदम चाल्नुपर्छ।”
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment