पोर्नस्टारका लागि सांसदले श्रीमती र छोराछोरी छोडे, श्रीमतीले दिइन् यस्तो प्रतिक्रिया
काठमाडौं । ४४ वर्षीय जर्मन सांसदले आफ्नी प्रेमिकाका लागि आफ्नी श्रीमती र छोराछोरी छोडेका छन् । उनकी श्रीमती पनि सांसद हुन् । अब उनी प्रेमिकासँग नयाँ जीवन सुरु गर्न लागेका छन् । उनको यो कदमको सामाजिक सञ्जालमा चर्चा भइरहेको छ ।
रिपोर्टका अनुसार सांसदको नाम हेगन रेनहोल्ड हो। उनी जर्मनीको फ्री डेमोक्रेटिक पार्टी (एफडीपी) का सदस्य हुन्। एफडीपी जर्मनीको सत्तारुढ गठबन्धनको हिस्सा हो। हेगन २०१७ देखि संसद सदस्य छन्।
उनकी ५१ वर्षकी श्रीमती क्यारोलिन प्रिसलर पनि एफडीपीबाट सांसद हुन्। क्यारोलिन र हेगन विगत १६ वर्षदेखि पति-पत्नीको रूपमा सँगै बस्दै आएका छन्। दम्पतीका तीन सन्तान पनि छन् ।
हेगन रेनहोल्डको नयाँ प्रेमिकाको नाम एनिना सेमेलहक हो। एनिना ४३ वर्षकी भइन् । उनले एडल्ट फिल्ममा काम गरेकी छिन् । केही समयअघि ६५ वर्षीय करोडपतिसँग विवाह गरेर उनी चर्चामा आएकी थिइन् । अहिले उनी आफ्नै घरजग्गा एजेन्सी चलाउँछिन् ।
डेली मेलका अनुसार, एनिना र हेगनले महिलाहरूको लागि एक सरकारी सल्लाहकार सत्रमा भेटेका थिए। त्यसपछि यी दुईबीच प्रेम फुल्यो र हालै उनीहरुले सँगै बस्ने घोषणा गरेका थिए ।
एनिनाले आगामी वर्ष हुने स्थानीय चुनावमा एफडीपीको तर्फबाट पनि उम्मेदवारी दिन सक्ने बताइएको छ । उनले पूर्णकालीन राजनीतिको लागि वयस्क उद्योगलाई छाड्नेछिन् । एनिनाले आफ्नो नयाँ सम्बन्धलाई ‘महान प्रेम’ भनेर वर्णन गर्छिन्। उनले भनिन् कि उनी र हेगन एक सुखद भविष्यतर्फ लागेका थिए।
पति हेगनको यो कदमप्रति सांसदकी श्रीमतीले प्रतिक्रिया दिएकी छन् । क्यारोलिनले भनिन् कि पछिल्ला केही महिना मेरो लागि तीतो रह्यो। उनी बर्लिन फर्किएकी छिन् र राजनीति पनि छोड्दै छिन्।







डिसी नेपाल







Facebook Comment