आजको मौसम : पहाडी क्षेत्रमा बदलीको सम्भावना

डिसी नेपाल
१८ मंसिर २०७९ ६:३१
120
Shares

काठमाडौं। हाल मुलुकमा उल्लेखनीय मौसमी प्रणाली छैन। बिहान मधेस र प्रदेश १ लगायत देशका पहाडी भूभागमा आंशिक बदली छ।

दिउँसो प्रदेश १ र गण्डकीका पहाडी भूभागमा आंशिक बदलीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

राति बागमती, मधेस लगायत लुम्बिनी, गण्डकी र प्रदेश १ का पहाडी भूभागमा आंशिक बदलीको आकलन गरिएको छ। सोमबार प्रदेश १ का पहाडी भूभागमा आंशिक बदलीको सम्भावना छ भने राति प्रदेश १ का पहाडी र लुम्बिनीका एक-दुई स्थानमा आंशिक बदलीको सम्भावना छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *