काठमाडौंका सम्पदास्थलमा साझा यातायात सञ्चालन गरिँदै

डिसी नेपाल
१८ मंसिर २०७९ २१:५८

काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा घुम्न आउने पर्यटकलाई दृष्टिगत गर्दै विभिन्न सम्पदास्थलमा साझा यातायातका पाँच बस सञ्चालन गर्ने भएको छ ।

पर्यटन पुनरुत्थान कार्ययोजनाअन्तर्गत ‘होप अन होप अफ’ नगर बस आगामी जनवरी १ देखि सञ्चालन हुनेछ । अङ्ग्रेजी क्यालेण्डरअनुसारको नयाँ वर्षदेखि पाटन दरबार क्षेत्र, स्वयम्भू, बौद्ध, पशुपति क्षेत्रमा सञ्चालन गरिने तथा केही सातापछि भक्तपुरका सम्पदास्थलमा उक्त यातायात सञ्चालन गरिनेछ ।

पर्यटकले एकपटक टिकट लिएपछि आफ्नो अनुकूलअनुसार सम्पदास्थल घुम्न पाउने र अन्य स्थलमा भ्रमण गर्न थप शुल्क तिर्न नपर्ने व्यवस्था गरिएको छ । पर्यटकको समयको बचत तथा सुविधा उपलब्ध गराउन करिब २८ किलोमिटरको दूरीमा यातायात सुरु गर्न लागिएको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले उक्त यातायात सञ्चालनका लागि सरोकार पक्षसँग आज छलफल गर्दै पर्यटकलाई विश्व सम्पदा क्षेत्रमा सूचीकृत सम्पदा क्षेत्र तथा अन्य महत्त्वपूर्ण सम्पदास्थलको भ्रमणमा सहयोग पु¥याउने उद्देश्यले कार्यक्रम गर्न लागिएको बताउनुभयो ।

यसअघि विश्वसम्पदा क्षेत्र वसन्तपुरदेखि स्वयम्भूसम्म पर्यटकलाई आकर्षित गर्र्न करिब दुई किलोसमटरको दूरीमा सम्पदा मार्गको अवधारणा सुरु गरी आवश्यक पूर्वाधार विकास गर्न थालिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *