चुनाव सकेसँगै जाडो छल्न हिँडे मनाङवासी

डिसी नेपाल
१८ मंसिर २०७९ २३:२९
184
Shares

मनाङ । हिमाली जिल्ला मनाङमा जाडो बढ्दै गएपछि मनाङवासी बेसी झर्न थालेका छन् । जाडो बढेसँगै मौसममा प्रतिकूलताले जीवनयापनमा समस्या हुँदा मनाङवासी जाडो छल्न बेसी झर्ने गर्दछन् । यस वर्ष निर्वाचनको समय परेकाले जाडो बढ्दै गएको अवस्थामा जिल्ला भित्रिएका मनाङवासी चुनाव सकिएसँगै बेसी झरेका छन् ।

मनाङमा चिसो बढ्न थालेपछि मनाङवासी काठमाडौँ, पोखरालगायतका स्थानमा जाडो छल्न गएका प्रमख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले बताए । “मनाङवासी जाडोमा हिउँ पर्ने हुँदा चिसोको समस्या टार्न जिल्ला बाहिर जाने गर्दछन्”, उनले भने, “यस पटक निर्वाचनले गर्दा अलि ढिला गरी मनाङवासी बेसी झरेका छन् ।”

कात्तिक मध्यबाट जिल्लावासी जाडो छल्न बेसी जाने समय हो । तर यस पटक निर्वाचन सकिएपछि झरेका प्रजिअ आचार्यले बताए । “हिउँ पर्ने समय भएको छ । चिसो खानेपानी जम्ने गर्दछ । यसले गर्दा पनि बाहिर जान उहाँहरुको बाध्यता हो”, उनले भने ।

मनाङवासी करिब चार महिनाका लागि जिल्ला बाहिर जाडो छल्न जाने गरेको आचार्य बताउँछन् । “खाद्यान्न ढुवानी गर्न, खानेपानी जम्ने भएकाले पनि मनाङवासी बाहिर जान बाध्य हुन्छन्”, उनी भन्छन् । यस सातासम्म पर्यटकको कम मात्रामा भए पनि आवतजावत चलिरहेको उनले बताए।

“केही पर्यटन व्यवसायी भने यहाँ पर्यटकको आवत जावत हुँदासम्म बसोबास गर्नुहुन्छ”, पर्यटक आवतजावत रोकिएको अवस्थामा उनीहरु पनि जिल्ला बाहिर जान सक्ने सम्भावना रहेको भन्दै उनले बताए । जाडो मौसममा मनाङ प्राय सुनसान रहन्छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *