अवैध गाँजासहित दुई जना पक्राउ

डिसी नेपाल
१९ मंसिर २०७९ १२:२४

काठमाडौँ। सर्लाहीमा अवैध गाँजासहित २ जना पक्राउ परेका छन्। मलंगवा नगरपालिका ४ शिवसागर चोकबाट २ केजी ५ सय ग्राम अवैध  गाँजासहित लालबन्दी नगरपालिका ५ का २० वर्षीय हिमाल पाण्डेय र अन्य दुई जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हाे।

अस्थायी प्रहरी पोष्ट पेट्रोलपम्पबाट खटिएको टोलीले प्रदेश २-०२-००३ प १७०२ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा अवैध गाँजासहित मोटरसाइकलमा सवार उनीहरूलाई पक्राउ गरेको हो। यसबारे थप अनुसन्धान  भइरहेको प्रहरीले बताएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *