नवलपरासीमा ४५ प्रतिशतले बढ्यो धान उत्पादन

डिसी नेपाल
१९ मंसिर २०७९ १५:५१

काठमाडौं । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)मा ४५  प्रतिशतले धान उत्पादन बढेको छ ।

कृषि ज्ञान केन्द्र परासीका अनुसार गत वर्षको तुलनामा यसवर्ष करिब २८ हजार नौ सय ७३ मेट्रिक टन धानको उत्पादन बढेको हो । यस वर्ष २० हजार ५ सय हेक्टरमा धानखेती गरिएकोमा ९३ हजार दुई सय ७५ मेट्रिक टन धान उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

प्रतापपुर र सुस्ता गाउँपालिका उखु, केरा र बदामका लागि परिचित मानिन्छ । यहाँ हाइब्रिड, साँवा, सुगन्धितलगायत जातका धान लगाउने गरिन्छ । धान उत्पादन बढाउन आधुनिक उपकरणमा अनुदान दिने, गुणस्तरीय बीउ वितरण गर्ने गरेकाले धान उत्पादन बढेको केन्द्रले उल्लेख गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *