एमसीडीमा विशाल जितपछि दिल्लीको मुख्यमन्त्री मनीष सिसोदिया, केजरीवाल प्रधानमन्त्रीको दौडमा !

डिसी नेपाल
२१ मंसिर २०७९ १७:४०

काठमाडौं । दिल्ली नगर निगम (एमसीडी) निर्वाचनमा आम आदमी पार्टीले बहुमत हासिल गरेको छ । अरविन्द केजरीवाल तीन पटक दिल्लीको मुख्यमन्त्री बनेपछि पहिलो पटक एमसीडी पनि आम आदमी पार्टीले कब्जा गरेको हो।

कुल २५० एमसीडी सीटहरू मध्ये, आपले १३४ सीट र बीजेपीले १०४ सीट जितेको छ। यो चुनाव पनि कांग्रेसका लागि निकै खराब रह्यो र उसले ९ सिट मात्र जित्यो । यो जितसँगै आम आदमी पार्टीले भाजपाको १५ वर्ष पुरानो किल्ला ध्वस्त पारेको छ ।

गुजरात र हिमाचल विधानसभा चुनावको नतिजाको एक दिन अघि, आपको यो जितले राष्ट्रिय राजनीतिको लागि धेरै सन्देशहरू पनि ल्याएको छ। ‘आप’का धेरै ठूला नेता रक्सी घोटालाको आरोपमा घेरिएका छन् । स्वास्थ्यमन्त्री सत्येन्द्र जैन जेलमा छन् र उपमुख्यमन्त्री मनिष सिसोदियामाथि लगातार प्रश्न उठिरहेको छ। यस्तो अवस्थामा यो जितले पार्टीमा मनिष सिसोदियाको कद थप मजबुत भएको छ ।

तर, मन्त्री सत्येन्द्र जैनको निर्वाचन क्षेत्र शकुरबस्तीमा भाजपाले सरस्वती विहार, पश्चिम विहार र रानीबाग तीनै सिट जितेको छ । मनिष सिसोदियाको विधानसभा क्षेत्रका ४ मध्ये ३ वार्डमा आपको पराजय स्तब्ध पार्ने खालको छ।

एमसीडीको चुनाव यस अर्थमा पनि आम आदमी पार्टीका लागि चुनौतीपूर्ण थियो, किनभने यी चुनावहरू गुजरात चुनाबसँगै हुँदै थिए। अरविन्द केजरीवाल गुजरातमा चुनाव प्रचारमा व्यस्त थिए। यो जित मनिष सिसोदियाको खातामा जानेछ ।

स्रोतका अनुसार यो जितपछि मनिष सिसोदियालाई दिल्लीमा ठूलो भूमिका मिल्न सक्छ र मुख्यमन्त्री अरविन्द केजरीवाल राष्ट्रिय स्तरमा बढ्न सक्नेछन् । सिसोदियाका लागि यो भूमिका मुख्यमन्त्रीको पनि हुनसक्छ ।

मनिष सिसोदिया बाहेक, एमसीडीको तयारी राघव चड्ढा, आतिशी, संजय सिंह, सौरभ भारद्वाज जस्ता नेताहरूको काँधमा थियो। एमसीडीको जितले यी नेताहरूलाई पहिलो श्रेणीमा राखेको छ। यी नेताहरूको रूपमा पार्टीको लागि नयाँ नेतृत्वको उदय हुनेछ र यसले पार्टीलाई देशभर फैलाउन फाइदा पुर्‍याउँछ। आगामी दिनमा हरियाणा, मध्य प्रदेश, राजस्थान, छत्तीसगढमा चुनाव हुँदैछ।

पहिलो प्रश्न उठ्छ अब मेयर को बन्छ ? यसका लागि पार्टीले तयारी पनि गरिसकेको आपको विश्वसनीय स्रोतले बताएको छ । आतिशी मार्लेनाको नाम अहिले यो दौडमा सबैभन्दा अगाडि छ । तर, यसका लागि उनले विधायक पद छोड्नुपर्नेछ ।

आतिशीका अलावा आप नेतृ निर्मला देवी पनि मेयर बन्न सक्नेछन् । निर्मला देवी पार्टीको महिला क्षेत्रकी प्रदेश संयोजक हुन् । यसबाहेक काउन्सिलर शालिनी सिंहको नाम पनि चर्चामा छ ।

एमसीडी चुनावमा विजयी हुने पार्षदको कार्यकाल ५ वर्षको हुन्छ तर मेयर भने एक वर्षको लागि मात्र निर्वाचित हुन्छ । एमसीडीमा कुल २५० वार्डहरू छन्। यी वडाबाट विजयी पार्षदले मात्रै मेयर चयन गर्छन् । दिल्लीका जनताले प्रत्यक्ष रूपमा मेयर चयन गर्न सक्दैनन्। जनताले पार्षद र पार्षदहरुले मेयर चुन्छन् ।

एमसीडी सरकारको कार्यकाल ५ वर्षको छ । यो ५ वर्षमा पहिलो वर्ष महिला पार्षद मात्रै मेयर बन्न पाउनेछन् । यो एक प्रकारको आरक्षण हो। तेस्रो वर्षमा अनुसूचित जातिको पार्षदलाई मेयर बनाइनेछ ।

आतिशीले २०१९ को लोकसभा चुनावमा पूर्वी दिल्लीबाट गौतम गम्भीरसँग चुनाव लडेर तेस्रो भएकी थिइन्। तर, २०२० को विधानसभा चुनावमा उनले कालकाजी सिटबाट चुनाव लडेर जितिन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *