आजको मौसम : पहाडी भूभागमा आंशिक बदली रहने

डिसी नेपाल
२२ मंसिर २०७९ ६:५३

काठमाडौं। मुलुक उल्लेखनीय मौसमी प्रणाली छैन। प्रदेश १ को पहाडी भूभागका थोरै स्थानमा आंशिक बदली रहेको छ। दिउँसो प्रदेश १ र लुम्बिनीका पहाडी भूभागमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

राति प्रदेश १, गण्डकी र लुम्बिनीका पहाडी भूभागमा आंशिक बदलीको प्रक्षेपण गरिएको छ। शुक्रबार प्रदेश १, मधेश र बागमतीमा आंशिक बदलीको आकलन गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *