जस्मिन ओझालाई ज्यान मार्ने धम्की, दिइन् महिला आयोगमा सुरक्षाको निवेदन

डिसी नेपाल
२२ मंसिर २०७९ १६:०८
136
Shares

काठमाडौं । ज्यान सुरक्षा गरी पाऊँ भन्दै अधिकारकर्मी जस्मिन ओझाले राष्ट्रिय महिला आयोगमा निवेदन दिएकी छन् । हिंसापीडित विनु यादवको पक्षमा वकालत गरेको भन्दै पीडक पक्षले निरन्तर ज्यान धम्की दिएपछि ओझाले आयोगमा मंगलबार निवेदन दिएकी हुन् ।

उनले आफूले विभिन्न हिंसापीडितहरूलाई सहयोग गर्दै आएको तर पीडक पक्षले डर धम्की दिँदै आएको उनले निवेदनमा उल्लेख गरेकी छन् ।आफूलाई सुनसान गल्लीमा ढुंगा हानी शारीरिक हमला भएकाले जीउज्यानको रक्षा गरिपाऊँ भन्दै निवेदन दिएको ओझाले जनाएकी छन् ।

बलात्कार पीडित युवती, किशोरी तथा महिला हिंसामा परेकाको पक्षमा ओझाले न्यायका लागि आवाज उठाएकी छन् । उनले आफूले घर बाहिर हिँड्नसमेत असुरक्षित महसुस गरेको निवेदनमा उल्लेख गरेकी छन् ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *